शेयर बजार तङ्ग्रिदै, बुधबार सानो बाउन्सको सम्भावना

अर्थबिट २०८२-१२-२४ ०७:२६:०० बजे

काठमाण्डौ । सोमबार ८३ अंकले सुधार भएको बजार मंगलबार झिनो अंकले घटेको छ । 

मंगलबार नेप्से परिसूचक २.६३ विन्दूले घटेर २७ सय ५७ कायम भएको हो । परिसूचकमा झिनो गिरावटसँगै कारोबार रकमसमेत घटेको छ । यो दिन कुल ३४५ कम्पनीका ६ अर्ब ७४ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो । 

बजार अहिले २७ सय ५० देखि २७ सय ८० को रेन्जमा कन्सोलिडेसन भइरहेको देखिन्छ । वियरिस दबाब घट्दै गइरहेको बजारमा बुलिस कन्फर्मेसन समेत नभएको अवस्था हो । बजार भोलाटाइल नै रहने सम्भावना छ । 

बजारले २७ सय २० को सपोर्ट लेभल बनाएको देखिन्छ । रेसिस्टेन्स जोन २७ सय ९० देखि २८ सय ३० रहेको छ । 

भोलि बुधबार साइडवेजबाट तङ्ग्रिदै बुलिस ट्रेण्ड समाउने सम्भावना धेरै छ । 

यदि बजार २७ सय २० माथि टिक्यो भने २८ सय ३० सम्मको बाउन्स आउनसक्छ । 

यदि बजारले २७ सय २० तल ब्रेकडाउन गरेमा २६ सय ५० तिर झर्न सक्छ ।  

बुधबार बजारमा सानो हरियो क्याण्डल नै बन्ने वा रिकभरी क्याण्डल बन्ने सम्भावना प्रबल छ । ठूलो मुभ नभई बजारले सानो बाउन्स लिनेछ । 

बजार अहिले ठ्याक्कै भन्नुपर्दा करेक्सनपछिको कन्सोलिडेसन फेजमा छ । यस्तो जोनमा स्मार्ट पैसाको एकुमुलेसन हुने सूक्ष्म अध्ययले देखाउँदछ । 

यो बेला प्यानिक हुने हुँदै होइन । उचित योजना तथा रणनीतिका साथ कारोबार गर्ने समय भने अवस्य हो । 

 

 

चेतावनी : यो समाचारले तपाईं उत्तेजित हुन सक्नुहुन्छ । शेयर बजार जोखिमले भरिपूर्ण भएकाले स्वविवेकमा लगानी गर्न आग्रह गर्दछौँ ।

सावधान : यहाँ प्रदान गरिएको जानकारी केबल जानकारीको लागि मात्र दिइएको छ । यहाँ यो उल्लेख गर्न जरुरी छ कि बजारमा लगानी बजार जोखिमको अधीनमा हुन्छ । लगानीकर्ताको रूपमा पैसा लगानी गर्नु अघि सधैं विशेषज्ञको सल्लाह लिनुहोस् ।  अर्थबिट डटकम यहाँ कसैलाई पैसा लगानी गर्न सल्लाह दिदैन। स्वविवेक र स्वअध्ययनमा लगानी गर्न आग्रह गर्दछौं ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।