काठमाण्डौ । तङ्ग्रिदै गरेको शेयर बजार बुधबार ४५ अंकले सुधार भएको छ ।
केही दिन अघि २६ सयतिर झरेको बजारले पछिल्ला दिनमा तङ्ग्रिदै बुधबार नेप्से परिसूचक ४५.१२ अंकले सुधार भई २८ सय २ विन्दू कायम भएको हो । परिसूचकको सुधारसँगै यो दिन ८.३२ अर्ब रुपैयाँ हाराहारीको शेयर खरिदबिक्री भएको थियो ।
बुधबार १३ वटै उपसमूहका सूचकमा पनि सुधार आएसँगै २५१ कम्पनीका शेयरमूल्य बढ्यो । २ कम्पनीको मूल्य स्थिर रहँदा १५ कम्पनीको मात्रै शेयरमूल्य घटेको थियो ।
अर्थबिटमार्फत् हिजो मंगलबार बजारमा बाउन्स हुने विश्लेषण गरिएको थियो । बुधबार साइडवेजबाट तङ्ग्रिदै बुलिस ट्रेण्ड समाउने सम्भावना धेरै रहेको दाबी गर्दै अर्थबिटले बजारमा सानो हरियो क्याण्डल नै बन्ने वा रिकभरी क्याण्डल बन्ने सम्भावना प्रबल रहने जिकिर गरेको थियो । बजार २७ सय २० माथि टिक्यो भने २८ सय ३० सम्म पुग्ने सम्भावना रहेको विश्लेषण थियो ।
शेयर बजार तङ्ग्रिदै, बुधबार सानो बाउन्सको सम्भावना
नेप्से परिसूचकले अहिले महत्वपूर्ण रेसिस्टेन्स जोन टेष्ट गरिरहेको छ । बजारले २६ सय ८९ बाट बलियो बाउन्स दिएरै २८ सयको बाटो तय गरेको हो । अहिले फेरि बजार २८ सयदेखि २८ सय २० को रेसिस्टेन्स जोनमा छ । भोल्युम राम्रै छ । शेयर खरिद आकर्षण सुस्तरी बढिरहेको देखिन्छ ।
बिहीबार बजार के होला त ?
यदि बजारले २८ सय २० माथि ब्रेक गर्यो भने परिसूचक २८ सय ५० पार गर्न सक्ने सम्भावना धेरै छ । मोमेन्टम बलियो भएमा बजारले २९ सयमाथि पनि टेष्ट गर्नसक्छ ।
यदि २८ सय देखि २८ सय २० बाट रिजेक्ट भयो भने बजार २७ सय ६० सम्म पुलब्याक आउनसक्छ ।
बिहीबार कस्तो रणनीति लिन सकिएला ?
बजार यदि २८ सय २५ ब्रेकआउट गर्छ भने करिब २९ सयको टार्गेट राखेर शेयर खरिद गर्न सकिन्छ । स्टपलस २७ सय ९० राख्नुपर्दछ ।
तर २७ सय ८० तल ब्रेक गर्दछ भने शेयर बिक्री गर्नु उपयुक्त हुनेछ । डाउनसाइड २७ सय ५० सम्म ओर्लिसक्छ ।
समग्रमा बजार रिकभरी मोडमा छ । बुधबार बजार २८ सय २ मा छ । यो विन्दू मनोवैज्ञानिक र प्राविधिक रेसिस्टेन्स दुवै जोन पनि हो । त्यसैले भोलि पहिलो २ घण्टामा बजार निक्कै उत्तारचढाव हुनेछ । त्यसपछि मात्रै ब्रेकआउट वा रिजेक्सन के हुने हो भन्न निर्णायक हुने सम्भावना छ ।
चेतावनी : यो समाचारले तपाईं उत्तेजित हुन सक्नुहुन्छ । शेयर बजार जोखिमले भरिपूर्ण भएकाले स्वविवेकमा लगानी गर्न आग्रह गर्दछौँ ।
सावधान : यहाँ प्रदान गरिएको जानकारी केबल जानकारीको लागि मात्र दिइएको छ । यहाँ यो उल्लेख गर्न जरुरी छ कि बजारमा लगानी बजार जोखिमको अधीनमा हुन्छ । लगानीकर्ताको रूपमा पैसा लगानी गर्नु अघि सधैं विशेषज्ञको सल्लाह लिनुहोस् । अर्थबिट डटकम यहाँ कसैलाई पैसा लगानी गर्न सल्लाह दिदैन। स्वविवेक र स्वअध्ययनमा लगानी गर्न आग्रह गर्दछौं ।