एनटीसीका प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई नयाँ वर्ष अफर

अर्थबिट २०८२-१२-३० ०९:३०:०० बजे

काठमाण्डौ । नेपाल टेलिकमले नयाँ वर्ष २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई नयाँ वर्ष अफर २०८३ उपलब्ध गराउने भएको छ । 

अफर अन्तर्गत न्यु इयर लाइट र न्यु इयर प्रिमियम गरी दुई प्रकारका प्याकेज उपलब्ध हुनेछन् । न्यु इयर लाइट अन्तर्गत रु. ४९९ मा प्रतिदिन ५ जीबी डाटा उपलब्ध हुनेछ र ५ जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ । त्यसैगरी न्यु इयर प्रिमियम अन्तर्गत रु. ६९९ मा प्रतिदिन १० जीबी डाटा उपलब्ध हुनेछ र १० जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ ।

दुवै प्याकेज चलाउन सकिने समयावधि ३० दिनको हुनेछ । आज चैत ३० गतेदेखि आगामी २०८३ बैशाख २ गतेसम्म अफर अन्तर्गतको प्याकेज खरिद गर्न सकिने छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुनेछ । 

नयाँ वर्ष २०८३ अफर प्राप्त गर्नका लागि मोबाइलबाट *1415*11#  डायल गर्न सकिने छ । त्यसैगरी नेपाल टेलिकम एपबाट समेत सो प्याकेज खरिद गर्न सकिन्छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।