काठमाण्डौ। आइतबार सुन र चाँदी दुवैको भाउ स्थिर रहेको छ।
आइतबार पनि सुन र चाँदी गत शुक्रबारकै भाउमा कारोबार भइरहेको छ।
गत शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो भने चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा खरिद बिक्री भएको थियो। आइतबार पनि सुन र चाँदी सोही भाउमा कारोबार भइरहेको छ।