काठमाण्डौ।सुनचाँदीको कारोबार मूल्यमा तीन दिनपछि झिनो वृद्धि भएको छ।
सुन तोलामा १०० र चाँदी ५ रुपैयाँ बढेको छ। सोमबारका लागि सुन प्रतितोला कारोबार मूल्य ९२ हजार ६ सय र चाँदी १२ सय ५५ रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो आइतबार सुन प्रतितोला ९२ हजार ५ सय र चाँदी १२ सय ५० रुपैयाँ प्रतितोला भएको थियो। अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको कारोबार सुस्त देखिएको छ। केही दिनयता ठूलो अंकको घटबढ भइरहेको छैन। सुनको मूल्यले क्रमिक बलियो हुने संकेत गरे पनि वृद्धि झिनो छ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १८१०.१० डलरले कारोबार भइरहेको छ। गत शुक्रबार १८०६.८८ थियो भने आइतबार १८०७.९५ डलर थियो। गत बुधबार घटेर प्रतिऔंस १७९८.८० डलरसम्म पुगेको थियो।
यस्तै चाँदीले चार दिन अघिको मूल्य भेट्टाएको छ। सोमबार प्रतिऔंस २२.७९ डलरमा कारोबार भइरहेको छ। गत बुधबार गत बुधबार २२.७० डलर थियो। क्रमिक घटेर बिहीबार २२.६१, शुक्रबार २२.५१ र आइतबार २२.५० डलर भएको थियो।