भन्सार एजेन्टको परीक्षा यही फागुन २८ गतेदेखि हुने

अर्थबिट ११:१४:०० बजे

काठमाण्डौ। भन्सार एजेन्टको परीक्षा फागुन २८ गते हुने भएको छ। भन्सार विभागले एजेन्टको परीक्षा हुने नयाँ मिति तोकेको छ।

विभागले लोक सेवा आयोगको कोभिड सम्बन्धि मापदण्ड पुरा गरी परीक्षा सञ्चालन गर्ने जनाएको छ। विभागले २०७७ चैत १६ गते सूचना जारी गर्दै ६ सय ६० जना भन्सार एजेन्ट माग गरेको थियो। कोभिडका कारण विभागले परीक्षा पटक पटक रद्द गर्दै आएको थियो।

विभागले परीक्षा केन्द्र भने पछि प्रकाशित गर्नेछ। यस्तै प्रवेशपत्र विभागको वेबसाइटबाट लिन सकिने जनाएको छ। लिखित परीक्षामा पास भएपछि मौखिक अन्तर्वार्ता हुनेछ।

अन्तर्वार्ता पास भएपछि नतिजा प्रकाशित भएको ९० दिनभित्र लाइसेन्सबापत ७ हजार र धरौटीबापत ७ लाख रुपैयाँ भन्सार विभागलाई बुझाउनु पर्छ।

भन्सार ऐनअनुसार अनुमति प्राप्त व्यक्तिले मात्रै एजेन्टको काम गर्न सक्छ। भन्सार ऐनको दफा ५१ मा निकासी वा पैठारी हुने भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसँग सम्बन्धित कामका लागि निकासी वा पैठारीकर्ताको भन्सार एजेन्ट वा प्रतिनिधिको रुपमा काम गर्न चाहने व्यक्तिले भन्सार विभाग वा भन्सार कार्यालयबाट एजेन्टको इजाजतपत्र लिनुपर्ने व्यवस्था छ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।