सुनचाँदीको भाउ आज स्थिर

अर्थबिट २०७८-११-०२ ०१:०३:०० बजे

काठमाण्डौ।सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ ।

आज सोमबार छापावाल सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँ कायम रहेको छ । 

आइतबार भने सुन तोलामा नै एक हजार ५०० रुपैयाँले वृद्धि भएको थियो ।

यसैगरी आज चाँदी पनि हिजो आइतबारकै भाउमा खरिदबिक्री हुँदैछ । महासंघको तथ्यांक अनुसार यस दिन चाँदी प्रतितोला एक हजार ३०० रुपैयाँ कायम रहेको छ । अघिल्लो कारोबार दिन भने चाँदी तोलामा २० रुपैयाँले बढेको थियो ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।