काठमाण्डौ। केही दिनदेखि उकालो लागेको सुनको भाउ आज बिहीबार पनि बढेको छ ।
हिजो बुधबार तोलाको ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक १ हजार रुपैयाँले बढेर प्रतितोला ९६ हजार १ सय रुपैयाँ पुगेको छ ।
यसैगरी तेजाबी सुनको भाउ पनि तोलामा १ हजार रुपैयाँले नै बढेर प्रतितोला ९५ हजार ६ सयमा कारोबार भईरहेको छ ।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८२ हजार ३९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८१ हजार ९६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय १० रुपैयाँ कायम गरेको जनाएको छ ।