सुनचाँदीको भाउ घट्यो

अर्थबिट २०७८-११-०९ १०:५५:०० बजे

काठमाण्डौ।आज सोमबार सुनको भाउ घटेको छ । 

हिजो आइतबार तोलाको ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार २ सय रुपैयाँमा आईपुगेको छ ।

यसैगरी तेजाबी सुनको भाउ पनि तोलामा ४ सय रुपैयाँले नै घटेर प्रतितोला ९५ हजार ७ सयमा कारोबार भईरहेको छ । 

आज चाँदीको भाउ समेत तोलामा ५ रुपैयाँले घटेर तोलाको १३ सय रुपैयाँमा आईपुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८२ हजार ४७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८२ हजार ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय १४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।