काठमाण्डौ। केही दिनदेखि उकालो लागेको सुनको भाउ आज मंगलबार पनि बढेको छ ।
हिजो सोमबार तोलाको ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक ८०० रुपैयाँले बढेर प्रतितोला ९७ हजार सय रुपैयाँ पुगेको छ ।
यसैगरी तेजाबी सुनको भाउ पनि तोलामा ८०० रुपैयाँले नै बढेर प्रति तोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १३ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८३ हजार १६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८२ हजार ७३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय २७.५० रुपैयाँ कायम गरेको जनाएको छ ।