सुनको मूल्य घट्दा चाँदी भने महँगियो

अर्थबिट २०७८-११-११ ११:२८:०० बजे

काठमाण्डौ। केही दिनदेखि उकालो लागेको सुनको भाउ आज बुधबार भने घटेको छ ।

हिजो मंगलबार तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५०० रुपैयाँले  घटेर प्रतितोला ९६ हजार ५०० रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको  छ ।

यसैगरी तेजाबी सुनको भाउ पनि तोलामा ५०० रुपैयाँले नै  घटेर प्रति तोला ९६ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय २० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८२ हजार ७३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८२ हजार ३०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ३१.५० रुपैयाँ कायम गरेको जनाएको छ ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।