युक्रेनमा रहेका सबै नेपाली सुरक्षित

RSS २०७८-११-१२ १०:४६:०० बजे

काठमाण्डौ।युक्रेनमा पछिल्लो विकसित घटाक्रमका कारणले त्यहाँ रहेका नेपालीको सुरक्षाप्रति गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) ले चिन्ता व्यक्त गरेको छ ।  

एनआरएनएले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी युक्रेनमा लामो समयदेखि स्थायी बसोबास गर्दै आएका ३८ नेपाली राष्ट्रिय समन्वय परिषद् युक्रेनको सम्पर्कमा रहेको र पछिल्लो विकसित घटनाक्रमबीच पनि उनीहरु सबै सकुशल रहेको जनाइएको छ । 

विज्ञप्तिमा ३८ जनाबाहेक पनि युक्रेनमा ४४ विद्यार्थी र ट्रान्जिटमा २०० भन्दाबढी नेपाली रहेको जानकारी प्राप्त भएकाले त्यहाँस्थित सबै नेपालीलाई आफ्नो अवस्थाबारे राष्ट्रिय समन्वय परिषद् युक्रेनमा जानकारी गराउनसमेत अनुरोध गरिएको छ । साथै युक्रेनमा रहेका सबै नेपालीलाई आफू सुरक्षित रहन र त्यहाँको घटनाक्रम मूल्याङ्कन गरी आवश्यक परे स्वदेश फर्कनसमेत एनआरएनएले आग्रह गरेको छ । 

एनआरएनएले युक्रेनमा सम्पर्कका लागि राष्ट्रिय समन्वय परिषद् युक्रेनका अध्यक्ष हरि मल्ल सम्पर्क नम्बर + ३८०९३४३४७७०० र इमेल जबचष्यमभककब२थबजयय।अयm र नेपालस्थित सङ्घको सचिवालयमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।