काठमाडौं। आज सुनको मूल्य १ हजार सस्तो भएको छ ।
रुस र युक्रेन बीचको युद्धका कारण हिजो बिहीबार एकैदिन प्रतितोला २ हजार ५ सय रुपैयाँ बढेको सुनको भाउमा आज भने एक हजार ओर्लेको छ। बिहीबार प्रतितोला ९९ हजार पुगेको कारोबार सुनको मूल्य शुक्रबार ९८ हजार रुपैयाँ भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बिहीबार प्रतितोला १३ सय ५५ पुगेको चाँदी शुक्रबार २० रुपैयाँ घट्दै १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको हो।