युक्रेनमा रुसको आक्रमण जारी

RSS २०७८-११-१५ १८:४२:०० बजे

काठमाण्डौ।रुसले युक्रेनमा शनिबार पनि आक्रमण जारी राखेको बताइएको छ । शनिबार राति पनि स्थल सेनाले युक्रेनको राजधानी किभमा आक्रमण गरेका थिए । त्यसक्रममा आफूलाई पक्राउ गर्न खोजेको युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीले बताउनुभएको छ । उहाँले गएराति रुसको सेनाले आफूलाई पक्राउ गर्न खोजेको तर सफल नभएको बताउनुभएको हो ।

रुसले आक्रमण गरेको आज चौथो दिन रुसी सैनिकहरू युक्रेनको राजधानी किभ पुगेका छन् । राजधानी किभको उत्तरी भेगमा रुसी सेना पुगेको युक्रेनले जनाएको छ ।यहाँका नागरिकहरुले सामाजिक सञ्जालमा राखेका भिडिओहरूमा रुसी सेनाका टयांकरहरु युक्रेनको राजधानी किभमा गुडिरहेको देखिएको छ ।

शुक्रबार नै किभ पुगेको रुसी सेनाबाट सहरको रक्षा गर्न युक्रेनी सैन्य गाडीहरू किभमा परिचालन गरिएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।युक्रेनले पूर्ण रुपमा सेना परिचालन गरेको बताएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले यहाँ आमरूपमा सेना परिचालनको आदेश दिनुभएको छ ।

यहाँ अतिरिक्त ड्युटीमा रहेका र जगेडामा रहेका सेनालाई काममा बोलाइएको छ । त्यसैगरी यहाँका युवा जनशक्तिले पनि रुसी सेनाका विरुद्धमा लड्नुपर्ने भएको छ ।यहाँका १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने घोषणा गरिएको छ । उता रुसले आत्मसमर्पण गर्न युक्रेनी राष्ट्रपतिलाई भनेको छ । तर आफू आत्मसमर्पण गर्ने र देश छोडेर भाग्ने पक्षमा नरहेको उहाँको दाबी छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।