सुनको मूल्य प्रतितोला रु एक लाख नजिक

अर्थबिट २०७८-११-२० १२:२१:०० बजे

काठमाण्डौ।सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले बढेर रु ९९ हजार ९०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९९ हजारमा कारोबार भएको थियोे । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ४०० तोकिएको छ । यसको मूल्य बिहीबार प्रतितोला रु ९८ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहि प्रतितोला रु एक हजार ३८० कायम रहेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३५ डलर आसपास कारोबार भइरहेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।