सुनचाँदी व्यवसायी महासंघको नवौं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना

अर्थबिट २०७८-११-२१ १०:२५:०० बजे

काठमाण्डौ।नेपाल सुनचाँदी ब्यवसायी महासंघको आयोजनामा हिजो शुक्रबार काठमाडौंको नक्सालस्थित भगवति वहालमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

महासंघले आफ्नो स्थापनाको नवौं वार्षिकोत्सवको अवसरमा सो कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमको महासंघका सल्लाहकार समेत रहेका पूर्वमन्त्री एवं प्रतिनिधिसभा सांसद कृष्णगोपाल श्रेष्ठले उद्घाटन गरे । त्यसक्रममा उनले सुनचाँदी ब्यवसायीहरुलाई एकजुट भएर लाग्न सुुझावसमेत दिए ।

त्यसक्रममा महासंघका अध्यक्ष माणिक रत्न शाक्यले महासंघले रक्तदान कार्यक्रमको आयोजना गरी सामाजिक उत्तरदायित्व वहन गरेको बताए ।

त्यसक्रममा महासंघका विभिन्न व्यक्तिहरुले कार्यक्रमका बारेमा प्रकाश पारेका थिए । रक्तदान कार्यक्रममा महासंघका पदाधिकारी, सदस्य, उद्यमी ब्यवसायी, कर्मचारी र स्वतन्त्र ब्यक्तिहरुले समेत सहभागिता जनाएका थिए ।

त्यसअघि पूर्वमन्त्री श्रेष्ठले केक काटेर महासंघको स्थापना दिवसको उद्घाटन गरेका थिए ।

महासंघका उपाध्यक्ष एवं रत्तदान कार्यक्रमका संयोजक पवन कुमार सोमानीले कार्यक्रम भब्यरुपमा सम्पन्न भएको जिकिरसमेत गरे । 

महासंघको स्थापना दिवसका अवसरमा सातौं प्रदेश महासंघ तथा जिल्ला संघहरुले पनि विविध कार्यक्रम गरी यो दिवस मनाएका छन् ।

 

 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।