अब सुन दैनिक १० केजीमात्र आयात गर्न सकिने

अर्थबिट २०७८-११-२२ ०३:४८:०० बजे

काठमाण्डौ। नेपाल राष्ट्र बैंकले सुनको आयात गर्न सकिने कोटामा आधा कटौती गरेको छ ।

पछिल्लो समय तरलता संकट चर्किदै जाँदा राष्ट्र बैंकले सुन आयातमा ठूलो रकम बिदेशिएपछि आधा कोटा घटाइदिएको हो। आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई १० केजीमात्र कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले आइतबार एक सर्कुलर जारी गर्दै दैनिक कोटा आधाले घटाइदिएको छ।यसअघि भने व्यवसायीका लागि दैनिक २० केजी लागि आयात गर्न सकिने व्यवस्था थियो। अब १० केजी मात्र आयात गर्न सकिने छ।

 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।