युक्रेनसँग अर्को चरणको शान्तिवार्ता गर्न चाहेका छौँ : रुस

RSS १४:५८:०० बजे

काठमाण्डौ।रुसले युक्रेनसँग पुनः शान्ति वार्ता गर्न चाहेको दोहोर्याएको छ ।

रुसका प्रवक्ता डिमित्री पेस्कोभले बुधबार दिएको जानकारी अनुसार रुसले युक्रेनसँग जतिसक्दो चाडो वार्ता गर्न चाहेको छ । 

रुसले यसअघि भएका तीन चरणका वार्तालाई सकारात्मक रुपमा लिई त्यसलाई अगाडि बढाउनु पर्नेमा जोड दिएको छ । 

“हामीले युक्रेनबाट विस्थापित भएका सबैको रक्षाका लागि र उनीहरूको सहयोगका लागि पर्याप्त प्रयास गर्ने छौँ,” उहाँले भन्नुभयो ।

अहिलेको समस्या समाधानका लागि अर्को चरणका प्रयासहरू गर्नुपर्ने देखिएको र त्यसका लागि युक्रेनको तर्फबाट पनि पहल हुनुपर्ने रुसी अधिकारीहरूको भनाई छ ।

प्रवक्ता पेस्कोभले रुसी विदेश मन्त्री सेर्गेइ लाभ्रोभ टर्की प्रस्थान गर्न लागेको पनि जानकारी दिनुभयो । त्यहाँ हुने कार्यक्रममा उहाँले युक्रेनका समकक्षीसँग भेटवार्ता गर्नुहुने पनि अपेक्षा गरिएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।