अमेरिकी राष्ट्रपति बाइडेन र फ्रान्सेली राष्ट्रपति म्याक्रोन बीच छलफल

अर्थबिट १७:५१:०० बजे

काठमाण्डौ।अमेरिकी राष्ट्रपति जो बाइडेनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग जारी युक्रेन-रुस युद्धबारे छलफल गर्नु भएको छ।

दुबै नेताहरूले पछिल्लो समय विकसित कूटनीतिक संलग्नताहरूको समीक्षा गर्नुका साथै रुसलाई जवाफदेही बनाउने र युक्रेन सरकार र जनतालाई समर्थन गर्ने आ-आफ्ना प्रतिबद्धतालाई पुनः जोड दिनु भएको छ। 

राष्ट्रपति बाइडेनले आज फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग रूसको युद्ध फेरि छलफल गर्नुभएको ह्वाइट हाउसको विज्ञप्तिमा जनाइएको छ। गत फेब्रुअरी २४ मा रुसले युक्रेन विरुद्ध विशेष सैन्य कारबाही शुरु गरेको थियो। 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।