धितोपत्र बोर्डद्वारा लेख / रचना उपलब्ध गराउन आग्रह

अर्थबिट २०७८-११-३० ०१:०६:०० बजे

काठमाण्डौ।नेपाल धितोपत्र बोर्डले लेख रचना उपलब्ध गराउन आग्रह गरेको छ ।

धितोपत्र बोर्डको वार्षिकोत्सवका अवसरमा धितोपत्र बजार,पूँजी बजार,मुद्रा बजार तथा अर्थतन्त्रसँग सम्बन्धित तथ्यपरक तथा विश्लेषणात्मक लेख रचना समावेश गरी विशेषाङ्क प्रकाशन गर्ने भएकाले पठाउन आग्रह गरेको हो ।

आगामी जेठ २५ गतेदेखि बोर्ड ३० औँ वर्षमा प्रवेश गर्न गइरहेको कारण उपर्युक्त क्षेत्रसँग सम्बन्धित तथ्यपरक तथा विश्लेषणात्मक लेख रचना(नेपाली वा अंग्रेजी भाषामा,कम्तीमा २ हजार शब्द,प्रिती फन्ट वा टाइम्स इन रोमन फन्टमा टाइप गरी) २०७९ साल बैशाख २९ गतेसम्म पठाउन बो्र्डले आग्रह गरेको छ ।

लेख / रचना research@sebon.gov.np मा पठाउन बोर्डले अनुरोध गरेको छ ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।