यूक्रेनी र रूसी प्रतिनिधिमण्डलबीच पुनः शान्ति वार्ता सुरू

RSS १४:००:०० बजे

काठमाण्डौ।यूक्रेनी र रूसी प्रतिनिधिमण्डलबीच मङ्गलबार पुनः शान्ति वार्ता सुरू भएको छ ।

स्थानीय सञ्चारमाध्यम ‘यूक्वेन्स्का प्रभा’ले युक्रेनी प्रतिनिधिमण्डलका सदस्य डेभिड आराखामियालाई उद्धृत गर्दै शान्ति वार्ता सुरू भएको खबर उल्लेख गरेको हो । 

“वार्ता सुरू भइसकेको छ,” थप विवरण नदिइकन अराखामियाले भन्नुभयो । 

यूक्रेनी र रूसी प्रतिनिधिमण्डलहरूले सोमबार भिडियो लिङ्क मार्फत् आफ्नो छलफलको चौथो चरण सुरु गरेका उहाँले बताउनुभयो ।

प्रतिनिधिमण्डलका सदस्य पनि रहेका यूक्रेनी राष्ट्रपति सल्लाहकार माइखाइलो पोडोल्याकले भन्नुभयो, “दुवै पक्षले ‘काम गर्ने उपसमूह’ निर्माण गर्न र थप परिभाषाको स्पष्टीकरण का लागि मंगलबारसम्म वार्तालाई प्राविधिक रूपमा रोकिएको हो । वार्ताले निरन्तरता पाउनेछ ।”

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।