काठमाण्डौ।नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले सेयर बजारलाई व्यवस्थित गर्न संस्थागत सुशासन आवश्यक भएको बताएका छन् ।
आज शुक्रबार नागरिक लगानी कोषको ३२ औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा बोर्ड अध्यक्ष हमालले सेयर बजारलाई व्यवस्थित गर्न संस्थागत सुशासन आवश्यक भएको बताएका हुन् । उनले बंैक तथा वित्तीय संस्थामा रकम राख्ने कार्य अन्त्य गर्नुपर्ने जिकिरसमेत गरे ।
सोही कार्यक्रममा अध्यक्ष हमालले सेयर बजारलाई व्यवस्थित गर्न संस्थागत सुशासन आवश्यक रहेको जिकिर गर्दै सेयर बजारमा लगानी कोषको भुमिका पनि निकै महत्वपूर्ण रहेको बताए ।
नगरिक लगानी कोषसँग सहकार्य गर्न बोर्ड तयार रहेको उनको भनाई छ ।