ग्रीन भेन्चर्सको आइपीओमा आजदेखि आवेदन दिन सकिने,कति दिने आवेदन?

अर्थबिट २०७८-१२-०८ ०६:५३:०० बजे

काठमाण्डौ।ग्रीन भेन्चर्स लिमिटेडको आईपीओमा आज मंगलबारदेखि  आवेदन दिन सकिने भएको छ।

कम्पनीले प्रतिसेयर १०० अंकित दरका ३१ लाख २५ हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिएको कुल सेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिनेछ। बाँकी २८ लाख ७५ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

सर्वसाधारणका लागि कम्पनीको २८ लाख ७५ हजार कित्ताका लागि आवेदन दिन सकिने भएको र २८ लाख हाराहारी नै आवेदन पर्ने हुनाले केबल १० कित्ता अर्थात रु.१ हजार मात्रै लगानी गर्नु उपयुक्त देखिन्छ । 

निष्काशन बन्द छिटोमा चैत ११ गते हुने बताइएको छ भने ढिलोमा चैत २२ गते हुनेछ। धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।