निर्यातमा ऐतिहासिक रेकर्ड कायम

अर्थबिट २०७८-१२-०८ १३:१२:०० बजे

काठमाण्डौ।चालु आर्थिक वर्ष २०७८।७९ को साउनदेखि फागुन महिनामा निर्यात व्यापारमा रेकर्ड कायम भएको छ ।

भन्सार विभागका अनुसार इतिहासमै नेपालले सबैभन्दा धेरै रकम १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँ बराबरको निर्यात व्यापार गरेको हो । 

गत आर्थिक वर्ष २०७७।७८ को एक वर्षको अवधिमा कुल निर्यात १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ बराबर रहेको थियो ।

गत आर्थिक वर्षमा  इतिहासमै पहिलो पटक एक खर्ब माथिको निर्यात पुगेकोमा सो रेकर्ड तोड्दै यस वर्ष निर्यातले उत्साहजनक रेकर्ड कायम गरेको छ ।

आर्थिक वर्ष २०७७।७८ को फागुन मसान्तसम्म भने ९७ अर्ब ७० करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । यस वर्ष निर्यातमा ४४.४३ प्रतिशतको वृद्धि भएको भन्सार विभागले जनाएको छ । 

माघ मसान्तसम्म १ खर्ब ३१ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु नेपालले निर्यात गरेकोमा फागुनमा आएर १६ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा छ । जुन आँकडा १४७ अर्ब भन्दा माथि पुगेको हो ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।