चीनमा बेपत्ता विमानको ब्ल्याकबक्स भेटियो

RSS २०७८-१२-०९ १०:४७:०० बजे

काठमाण्डौ।चीनमा गत सोमबारदेखि बेपत्ता भएको विमानको ब्ल्याक बक्स बुधबार मात्रै भेटिएको छ ।

एक सय तेत्तीस यात्रु बोकेको यात्रु वाहक विमान दक्षिणपश्चिम चीनमा गत सोमबार दुर्घटनाग्रस्त भएको थियो । बोइङ ७३७ विमान चीनको गुआङ्सी क्षेत्रको वुझाउ शहर नजिकैको ग्रामीण इलाकामा दुर्घटनाग्रस्त भएको थियो । 

दुर्घटना लगत्तै उद्धार टोलीहरू घटनास्थलमा पुगेर खोजी तथा उद्धारको प्रयास गरेका थिए ।  उद्धारकर्ताहरुले बुधबार मात्रै विमानको ब्ल्याक बक्स फेला पारेका छन् । विमान बेपत्ता हुनुमा मौसम सम्वन्धी कारण नभएको पनि सरकारी अधिकारीहरुले स्पष्ट पारेका छन् । घटनास्थलमा पुगेको उद्धारकर्ताहरुले पनि औपचारिक र आधिकारीक रुपमा घटनाका बारेमा विस्तृत जानकारी दिएका छैनन ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।