युद्धका कारण यूक्रेनबाट विस्थापित एक लाखलाई अमेरिकाले आश्रय दिने

RSS २०७८-१२-१० १४:४०:०० बजे

काठमाण्डौ।युद्धका कारण यूक्रेनबाट विस्थापित भएका एक लाख नागरिकलाई अमेरिकाले आश्रय दिने भएको छ । 

रूसको आक्रमणका कारण लाखौँ मानिस यूक्रेनबाट विस्थापित हुनु परेकाले तीमध्ये एक लाखलाई अमेरिकाले आश्रय दिने भएको हो । 

अमेरिकाले अरु एक अरब अमेरिकी डलर पनि सहयोग गर्ने घोषणा गरेको छ । सो रकम यूक्रेनमा उत्पन्न मानवीय संकट समाधानका लागि प्रयोग गरिने अधिकारीहरुको भनाइ छ । 

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बिहीबार दिएको जानकारी अनुसार, मानवीय सहायता अन्तर्गत खाद्य पदार्थ, आश्रयका लागि आवश्यक सामग्री, सफा पानी, स्वास्थ्य सामग्री लगायतका सहयोग प्रदान गरिने भएको हो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।