दक्षिण कोरियाको प्रजनन दरमा लगातार पाँचौँ वर्ष पनि न्यूनता

RSS २०७८-१२-१० १४:४५:०० बजे

काठमाण्डौ।दक्षिण कोरियाको प्रजनन दरले गत पाँच वर्षमा रेकर्डको न्यूनता तोडेको छ । 

कोभिडलगायतका परिस्थितिका कारण मानिसहरूले विवाह गर्न र बच्चा जन्माउनबाट अलग रहँदा प्रजनन् दरमा पनि कमी देखिएको बिहीबार सार्वजनिक दक्षिण कोरियाली तथ्याङ्कले देखाएको छ । 

कोरियाली तथ्याङ्क कार्यालयका अनुसार महिलाको जीवनकालमा हुने औसत सङ्ख्याको अनुमान गर्ने प्रजनन दर वर्षमा ०.०३ बाट घटेर २०२१ मा ०.८१ पुगेको हो । सन् २०१७ देखि पाँचौ वर्षको लागि अघिल्लो रेकर्डको न्यूनता तोडेर सम्बन्धित तथ्याङ्क संकलन गर्न थालेदेखि यता यो सबैभन्दा कम होे । 

महामारीका कारण व्याप्त निराशा, युवा पुस्ताले छोराछोरी हुर्काउन पर्ने महँगो खर्च, युवाहरूको बेरोजगारी र आवासको बढ्दो मूल्यबीच विवाह गर्न ढिलाइ गर्दा प्रजनन दरमा उच्च न्यूनता देखिएको हो । 

सन् २०२० मा मुलुकको जनसंख्या पाँच करोड १८ लाख ४० हजार रहेकोमा सन् २०२१ मा यो पाँच करोड १७ लाख ५० हजार पुगेको बताइएको छ । प्रति परिवारका सदस्यहरूको औसत संख्या २० बर्ष पहिलेको ३.१२ बाट घटेर सन् २०२० मा २.३४ कायम भएको थियो । 

सन् २००० मा एकल परिवारको प्रतिशत १५.५ प्रतिशत रहेकोमा सन् २०१० मा यो सङ्ख्या २३.९ प्रतिशत कायम भएको थियो, जुन सन् २०२० मा ३१.७ प्रतिशत पुगेको छ । 

दक्षिण कोरियालीहरूको आयु सन् २०१४ मा ८१.८ प्रतिशत, २०१६ मा ८२.४ प्रतिशत र २०१८ मा ८२.७ प्रतिशतको निरन्तर उकालो चढ्दै सन् २०२० मा ८३.५ वर्ष कायम भएको छ । 

सन् २०२१ मा प्राथमिक तथा माध्यमिक विद्यालयका विद्यार्थीहरूमा निजी शिक्षा सहभागिता दर ७५.५ प्रतिशत भएको छ । यो गत वर्षको तुलनामा ८.४ प्रतिशतको वृद्धि हो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।