भारतको दिल्ली सरकारले “इ हेल्थ कार्ड” वितरण गर्ने

RSS २०७८-१२-१२ ०९:३३:०० बजे

काठमाण्डौ।भारतको दिल्ली सरकारले आफ्ना नागरिकलाई “इ हेल्थ कार्ड” वितरण गर्ने भएको छ ।

मुख्यमन्त्री अरविन्द केजरीवालले कार्ड वितरण गर्ने कार्यलाई तयारी अवस्थामा पु¥याउन सम्बन्धित निकायका अधिकारीलाई शुक्रबार निर्देशन दिनुभएको छ ।

भारतमा अर्को वर्ष सन् २०२३को मार्चदेखि स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागूगर्ने तयारी भएकाले त्यस अगाडि नै सबैलाई “इ हेल्थ कार्ड” वितरण गरिसक्नु पर्ने भएको हो ।  

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागू हुनुभन्दा कम्तीमा पनि तीन महिना अगाडि सम्ममा इ हेल्थ कार्ड सबैलाई वितरण भइसक्नु पर्ने अधिकारीले जनाएका छन् ।

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागू गराउनका लागि भइरहेको तयारीका बारेमा जानकारी लिन र समीक्षा गर्न शुक्रबार बसेको सरोकारवालाको बैठकमा मुख्यमन्त्री केजरीवालले “इ हेल्थ कार्ड” वितरण सुरु गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

नागरिकलाई वितरण गरिने इ हेल्थ कार्ड क्युआर कोडमा आधारित हुने र त्यसबाट नागरिकका स्वास्थ्यसम्बन्धी सम्पूर्ण विवरण प्राप्त गर्न सकिने अधिकारीले जनाएका छन् ।

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागू गरेपछि स्वास्थ्य सेवा प्रदान गर्ने र लिने दुवै पक्षलाई सजिलो र छिटो हुने, धेरै झन्झट कटौती हुने सरकारी अधिकारीको दावी छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।