यमनका हुथी विद्रोहीद्वारा साउदी अरेबियासँग ३ दिने युद्धविराम घोषणा

RSS २०७८-१२-१३ १८:०१:०० बजे

काठमाण्डौ।यमनको हुथी समूहले तीन दिने युद्धविरामको घोषणा गरेको छ  ।  समूहले यदि साउदी नेतृत्वको गठबन्धनले देश विरुद्धको आफ्नो कारबाही समाप्त गर्छ भने "स्थायी" युद्धविरामको सम्भावना प्रस्ताव गरेको समेत अल जजीराले  उल्लेख गरेको छ।

साउदी अरेबिया ग्रान्ड प्रिक्स दौड अघि शुक्रबार जेद्दाह तेल डिपोमा आगलागी भएको बेलामा यो प्रमुख घटनाक्रम आएको हो।

हुथी राजनीतिक नेता महदी अल-मशातले क्षेप्यास्त्र र ड्रोन आक्रमण र सबै सैन्य कारबाही तीन दिनका लागि स्थगित गर्ने घोषणा गरेका छन्।

"यो एक निष्कपट निमन्त्रणा र विश्वास पुनर्स्थापित गर्न र सबै पक्षलाई वार्ताको क्षेत्रबाट कार्यको क्षेत्रमा लैजानको लागि  चालिएको व्यावहारिक कदम हो," अल-मशातले भनेका छन्।

"र हामी यो घोषणालाई अन्तिम र स्थायी प्रतिबद्धतामा परिणत गर्न तयार छौं यदि साउदी अरेबियाले यमनमा घेराबन्दी अन्त्य गर्ने र यमनमा आफ्ना आक्रमणहरू सदाका लागि रोक्ने प्रतिबद्धता गर्दछ," उनले थपे।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।