बुद्धचित्तको मालासहित कोरियन नागरिक पक्राउ

RSS २०७८-१२-१४ ११:१३:०० बजे

काठमाण्डौ। नेपाल प्रहरीले बुद्धचित्तको मालासहित एक जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको टोलीले अवैध रुपमा बुद्धचित्तको माला लिएर कोरिया जान लागेको अवस्थामा राहदानी नम्बर एम ८०९०९५६४ भएका कोरियन नागरिक सुन युङ जाङलाई आइतबार राति पक्राउ गरेको हो ।

पक्राउ परेका जाङ कतार एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट कतारको दोहा हुँदै कोरिया जान लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीसँग प्रहरीले १५३ थान बुद्धचित्तको मालासमेत बरामद गरेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।