काठमाण्डौ।आउँदो शनिबार महोत्तरी जिल्लाको बर्दिबासमा लगानीकर्ता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ ।
अनलाइन सेक्युरिटीज प्रालि र नेपाल पूँजीबजार लगानीकर्ता संघको संयुक्त आयोजनामा पर्सि शनिबार बर्दिबासमा लगानीकर्ता शिक्षा कार्यक्रम हुने भएको हो ।
अनलाइन सेक्युरिटीज प्रालिको व्यवसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रस्तावित बर्दिबासमा आउँदो शनिबार लगानीकर्ता शिक्षा कार्यक्रम आयोजना गर्न लागेको सेक्युरिटीजका अध्यक्ष अध्यक्ष दिनेश शर्मा बिडारीले जानकारी दिएका छन् । उक्त कार्यक्रममा सेयरमा कसरी लगानी गर्ने र सेयर बजारका विविध विषयमा जानकारी दिने हेतूले कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए ।
यसैगरी अर्को आयोजक नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बर्दिबासमा पहिलोपटक सेयर बजारसम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना हुन गइरहेको र मधेश प्रदेश र बर्दिबास आसपासका सम्पूर्णलाई उपस्थितिका लागि आग्रह गरेकी छिन् ।
उक्त कार्यक्रम बर्दिबासस्थित गौतम होटलमा बिहान ११ बजे सुरु हुने बताइएको छ ।
सेक्युरिटीजले गत चैत ११ गते नुवाकोटको बट्टारमा पनि लगानीकर्ता शिक्षा कार्यक्रम सञ्चालन गरिसकेको छ ।
अनलाइन सेक्युरिटीजका अध्यक्ष अध्यक्ष दिनेश शर्मा बिडारीले आगामी चैत २१ गते धरानस्थित होटल गजुरी प्यालेसमा लगानीकर्ता शिक्षा कार्यक्रम सञ्चालन हुन गइरहेको जानकारी दिए ।
