अमेरिका र युरोपेली संघले रुसमाथिको पहिलो उच्चस्तरीय वार्तामा मस्कोलाई ‘एकलो’ पार्ने कदमबारे छलफल

RSS २०७८-१२-१७ १८:००:०० बजे

काठमाण्डौ।रुसमाथिको पहिलो उच्चस्तरीय वार्तामा अमेरिका र युरोपेली संघका प्रतिनिधिहरूले मस्कोलाई थप एक्लो पार्न सक्ने थप कदमहरूबारे छलफल गरेका छन् । अमेरिकी विदेश मन्त्रालय र युरोपेली बाह्य कार्य सेवाले संयुक्त रूपमा जनाएअनुसार युरोपियन युनियन र संयुक्त राज्य अमेरिका आज वाशिंगटन डीसी मा आयोजित पहिलो अमेरिका-इयु उच्च स्तरीय वार्तामा अर्थतन्त्र र अन्तरराष्ट्रिय वित्तीय प्रणालीबाट रुसलाई अलग गर्न थप कदमहरू बारे पनि छलफल गरेका छन् । 

अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व राजनीतिक मामिलाका उपसचिव भिक्टोरिया नुल्यान्ड र इयुको नेतृत्व राजनीतिक मामिलाका लागि युरोपेली बाह्य कार्य सेवाका उपमहासचिव एनरिक मोराले गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

दुवै पक्षले सन् २०२२ को अन्त्यतिर रूसमा अर्को उच्चस्तरीय वार्ता गर्न सहमत भएका छन्।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।