काठमाण्डौ।आगामी सोमबार सुनसरी जिल्लाको धरानमा लगानीकर्ता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ ।
अनलाइन सेक्युरिटीज प्रालि धरान शाखाको मुख्य आयोजनामा पर्सि चैत २१ गते सोमबार धरानमा लगानीकर्ता शिक्षा कार्यक्रम हुने भएको हो । धरानको होटल गजुर प्यालेसमा मध्यान्ह ४ः३० देखि कार्यक्रम सुरु हुने बताइएको छ ।
अनलाइन सेक्युरिटीज प्रालिको व्यवसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धरान शाखाले आउँदो सोमबार लगानीकर्ता शिक्षा कार्यक्रम आयोजना गर्न लागेको सेक्युरिटीज धरान शाखाका प्रमुख सुजन निरौलाले जानकारी दिएका छन् । उक्त कार्यक्रममा सुरक्षित लगानी, सेयरमा कसरी लगानी गर्ने र सेयर बजारका विविध विषयमा जानकारी दिने हेतूले कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए । नयाँ तथा पुराना सेयर लगानीकर्ता र सेयर बजारमा चासो राख्ने सबैलाई कार्यक्रममा सहभागी हुन उनले आग्रहसमेत गरे ।
