धरान।टिकटक प्रयोगकर्ताहरुको समूह ‘नेपाली हर्ट ग्रुप नेपाल ’ले धरानमा रहेको सरस्वती बाल आश्रम र अपाङ्ग पुनर्स्थापना गृहलाई नगद तथा जिन्सी सामाग्री सहयोग गरेको छ ।
उक्त आश्रममा रहेका जम्मा २६ जना बालबालिका र ४ जना कर्मचारीहरुका लागि नेपाली हर्ट ग्रुपले खाद्यान तथा आर्थिक सहयोग गरेको हो।
सुनसरीको धरानमा रहेको सरस्वती बाल आश्रममा आश्रित बालबालिकाहरुको लागि हिजो शनिबार एक कार्यक्रमका बीच ८० हजार बराबरको खाद्यान तथा अक्षय कोष स्थापनाका लागि ५० हजार बराबरको चेक हस्तान्तरण गरेको नेपाली हर्ट ग्रुप नेपालले जनाएको छ ।
यसैगरी सोही ग्रुपले धरानकै छाताचोकमा रहेको अपाङ्ग पुनर्स्थापना गृहमा रहेका बालबालिका तथा आश्रितहरुका लागि रु २५ हजार बराबरको खाद्यान तथा फलफुल सहयोग गरेको छ ।
उक्त ग्रुपले टिकटक लाइभ बसेर आएको रकमहरुबाट सामाजिक सेवा गर्दै आइरहेको छ ।
