अनलाइन सेक्युरिटीजद्वारा धरानमा आयोजित सुरक्षित लगानीकर्ता शिक्षा कार्यक्रम सम्पन्न

अर्थबिट २०७८-१२-२२ ११:५४:०० बजे

धरान।धरानमा सुरक्षित लगानीकर्ता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । 

अनलाइन सेक्युरिटीज प्रालिको धरान शाखाले हिजो सोमबार धरान ८ मा अवस्थित होटल गजुर प्यालेसमा एक दिने सुरक्षित सेयर लगानीकर्ता शिक्षा कार्यक्रम सम्पन्न गरेको हो ।

अनलाइन सेक्युरिटीज प्रालिको धरान शाखाका प्रमुख सुजन निरौलाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम आयोजना गरिएको बताए । हाल धरान शाखामा अनलाइन सेक्यरिटीजका २५ हजार ग्राहक रहेको दाबी गर्दै उनले कार्यक्रममा २३० जना बढी उपस्थितिमा सुरक्षित लगानीकर्ता शिक्षा कार्यक्रम सम्पन्न भएको बताए ।

संस्थाको परिचयसहित मन्तव्य राख्ने क्रममा आगामी दिनमा पनि सुरक्षित लगानीकर्ता शिक्षा कार्यक्रमहरु आयोजना गरिने अनलाइन सेक्युरिटीज प्रालिका अध्यक्ष दिनेश शर्मा बिडारीले बताए । 

हिजो सोमबार सम्पन्न सुरक्षित लगानीकर्ता शिक्षा कार्यक्रममा संस्थाकै सीइओ बिशाल अग्रवालले सेयर बजार,बजारका सम्भावना र चूनौती अनि सुरक्षित लगानीका विविध विषयमा जानकारी दिए । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।