श्रीलङ्कामा आपतकालीन स्वास्थ्य अवस्था घोषणा

अर्थबिट ०९:०२:०० बजे

काठमाण्डौ।श्रीलङ्कामा औषधिको चरम अभावका कारण मङ्गलबारदेखि आपतकालीन स्वास्थ्य अवस्था घोषणा गरिएको छ।

देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसन (GMOA) को आपतकालीन कानून लागू गर्ने र औषधिको चरम अभावका बारेमा छलफल गर्न बसेको आपतकालीन सामान्य समितिको बैठकपछि यो निर्णय घोषणा गरिएको डेली मिररले जनाएको छ। जीएमओए सेक्रेटरी डा सेनाल फर्नान्डोले आपतकालीन स्वास्थ्य अवस्था घोषणा गर्ने यो निर्णय बिरामीको जीवन रक्षाका लागि लिएको बताएका छन

बैठकमा जीएमओएले सरकारको कमजोर व्यवस्थापनका कारण मुलुकमा औषधिको चरम अभाव हुने खुलासा गरेको छ ।

श्रीलङ्काको अखबारले वर्तमान आर्थिक सङ्कट जारी रह्यो भने औषधिको अभाव भविष्यमा निकै गम्भीर अवस्थामा पुग्ने बताएको छ ।

यसअघि सरकारले फागुन १२ गते सार्वजनिक स्वास्थ्य सेवालाई अत्यावश्यक सेवा घोषणा गरेको थियो । 

‘स्वास्थ्य सेवालाई अत्यावश्यक घोषणा गरेपछि सरकारले अत्यावश्यक औषधिको आपूर्ति मुलुकमै पु-याउने व्यवस्था मिलाउनुपर्ने थियो,’ डा फर्नान्डोले भने ।

त्यसैले आपतकालीन औषधि अभावको पूर्ण जिम्मेवारी सरकार र स्वास्थ्य मन्त्रालयले लिनुपर्ने उनको भनाइ छ ।

शनिबार श्रीलङ्काले देशलाई समातेको आर्थिक सङ्कटसँग जुध्न सरकारको प्रयासप्रति जनताको असन्तुष्टिलाई लिएर कोलम्बोमा व्यापक विरोध प्रदर्शन भएपछि तीन दिन कर्फ्यू लगाएको छ।

श्रीलङ्काका राष्ट्रपतिले शुक्रबार "सार्वजनिक सुरक्षा र सार्वजनिक व्यवस्थाको" सुनिश्चितता गर्न देशव्यापी आपतकालको घोषणा गरेका थिए।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।