श्रीलङ्काका राष्ट्रपतिद्वारा सङ्कटकाल खारेज

RSS २०७८-१२-२३ ११:२८:०० बजे

काठमाण्डौ।श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापाक्षेले देशभरि लगाइएको सङ्कटकाल खारेज गर्नु भएको छ ।

यही अप्रिल ५ को मध्यरातदेखि लागू हुने गरी सङ्कटकाल हटाउने निर्णय भएको अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् ।

आन्दोलनमा उत्रिएका नागरिकले राष्ट्रपति निवास घेराउ गर्दै नारावाजी गरेपछि सरकारले देशव्यापी सङ्कटकालको घोषणा गरेको थियो ।

“सार्वजनिक सुरक्षालाई ध्यान दिँदै लागू गरिएको सङ्कटकाल हटाउने निर्णय भएको छ,” राष्ट्रपति राजापाक्षेले भन्नुभयो ।

आर्थिक तथा राजनीतिक सङ्कटमा परेको श्रीलङ्कामा सरकारका कारण सङ्कट उत्पन्न भएको भन्दै सुरु भएको आन्दोलन अझै पनि जारी छ ।  

प्रशासनिक सङ्कटकाल खारेज गरिएपनि स्वास्थ्य सङ्कटकाल भने कायमै रहेको अधिकारीहरूले जनाएका छन् । देशभरि औषधीको अभाव भएको, थप ल्याउन नसकिएको र स्वास्थ्य सेवा प्रवाहमा पनि समस्या भएकाले स्वास्थ्य सङ्कटकाल लगाउनु परेको सरकारी अधिकारीहरूको भनाइ छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।