कीभबाट रुसी सेना फिर्ता, पूर्वी क्षेत्रमा आक्रमण केन्द्रित

RSS २०७८-१२-२४ १४:५०:०० बजे

काठमाण्डौ।कीभ र चेर्निहिभ क्षेत्रबाट रुसी सेना फिर्ताको प्रक्रिया पूरा भएको छ ।

अमेरिकी रक्षा मन्त्रालयका एक अधिकारीले भने, “रुसी फौजहरू कीभ र चेर्निहिभ नजिकका क्षेत्रबाट फिर्ता हुने प्रक्रिया सम्पन्न भएको छ र उनीहरू बेलारुस र रूसीको क्षेत्रमा जम्मा भएका छन् ।”

“हामीले कीभ र चेर्निहिभ वरपर रुसी फौजहरू देखेका छैनौँ,” पेन्टागनका प्रवक्ता जोन किर्बीले भन्नुभयो ।

उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो ‘रणनीतिक लक्ष्यको शून्य उपलब्धि हासिल’ गरेको दाबी गर्नुभयो ।

“पुटिनले थोरै जनसङ्ख्या भएका केन्द्रहरू मात्र नियन्त्रणमा लिएका तर खार्किभलगायतका स्थानलाई कब्जा गर्न नसकेको देखिएको छ,”उहाँले भन्नुभयो । 

रुसले आफ्नो शक्ति पूर्वी युक्रेनको डोन्बास केन्द्रित गर्ने घोषणा गरेको केही दिनमै कीभ र चेर्निहिभबाट फौज फिर्ता भएको खबर आएको हो ।

अमेरिकी अधिकारीले अधिकारीले रुसी फौजहरू भविष्यमा कीभतर्फ फर्कन सक्ने सम्भावना टरिनसकेको बताए । ती अधिकारीका अनुसार रुसले युक्रेन युद्धमा पठाएका १८० सैन्य बटालियन मध्ये ८० बटालियन अझै युक्रेनमै छन् ।

अमेरिकी रक्षा अधिकारीलाई उद्धृत गर्दै युक्रेनबाट कम्तीमा २४ हजार रुसी फौज फिर्ता भएको जनाएको छ ।

फिर्ता भएका सैनिकहरू रूस र बेलारूस क्षेत्रका यूक्रेनी भूभागमा भेला भएका पनि बताइएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।