ट्रम्पले आगामी अमेरिकी राष्ट्रपति चुनावमा उम्मेदवारी दिन सक्ने

RSS २०७८-१२-२७ ०८:५०:०० बजे

काठमाण्डौ।पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले फेरि राष्ट्रपतिको उम्मेदवारी दिनसक्ने बताउनु भएको छ । यद्यपि यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक घोषणा भने भइसकेको छैन ।“सत्य यो हो कि म दुई पटक राष्ट्रपतिको दौडमा भाग लिएँ, मैले दुई पटक जितें, मैले पहिलो पटक भन्दा दोस्रो पटक धेरै राम्रो गरें। र अब हामीले यो फेरि दौडमा भाग लिनुपर्ने हुन सक्छ।

के यहाँ कोही छ जसले मलाई निर्वाचनमा भाग लिएको हेर्न चाहन्छ?“ सेल्मा, उत्तरी क्यारोलिनामा शनिबारको ¥यालीमा ट्रम्पले आफ्ना समर्थकहरूलाई प्रतिप्रश्न गर्नुभयो । ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनलाई “एकपछि अर्को अपमानजनक आत्मसमर्पण“ गरेको आरोप लगाउनु भएको छ । ट्रम्पले अमेरिकासँग सबैभन्दा बलियो आणविक क्षमता भएको पनि औंल्याउनु भयो ।

मार्चको अन्त्यमा ट्रम्पले फक्स बिजनेशलाई भन्नुभएको थियो यदि उहाँ अहिले पनि राष्ट्रपति भइरहेको भए रुसलाई आणविक पनडुब्बीको धम्की दिनुहुने थियो। यस महिनाको शुरुमा द हिलले रिपोर्ट गरेको पोल डाटाले ट्रम्प  सन् २०२४ को काल्पनिक राष्ट्रपति अभियान म्याचअपमा राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस दुबै भन्दा अगाडि भएको देखाएको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।