प्रतिबन्धित भारतीय रुपैयाँसहित एक पक्राउ

RSS २०७८-१२-३० १४:२३:०० बजे

काठमाण्डौ।नेपाल प्रहरीले लुकाइछिपाइ भारत लैजान लागेको प्रतिबन्धित भारतीय रुपैयाँ र नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले लुकाइछिपाइ भारत लैजान लागेको प्रतिबन्धित भारतीय रूपैयाँ एक लाख आठ हजार ५०० नगदसहित भारतीय नागरिक ३२ वर्षीय कन्हैया लाललाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ कन्हैया लालले इन्डिगो एयरको उडानमा काठमाडौँबाट भारतको दिल्ली जान लागेको अवस्थामा हातमा बोक्ने झोलामा उक्त रकम लिएर जान लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीसँग रु छ लाख ५४ हजार नेपाली रुपैयाँसमेत बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको प्रहरीले जनाएको छ । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।