श्रीलङ्काले आईएमएफसँग निर्णायक छलफल गर्ने

RSS २०७९-०१-०४ १५:१२:०० बजे

काठमाण्डौ।श्रीलङ्का सरकारले आइतबार ऋणदाताबाट कर्जा स्वीकृत गर्ने थप उपायबारे छलफलका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) मा एक प्रतिनिधिमण्डल पठाएको छ । 

वित्त मन्त्री अली सबारीको नेतृत्वमा रहेको उक्त प्रतिनिधिमण्डलमा केन्द्रीय बैंकका गभर्नर नन्दलाल विरासिङ्हे पनि रहनुभएको छ । 

प्रतिनिधिमण्डलले आईएमएफ मुख्यालयको भ्रमण गर्ने र अबको केही दिनमा छलफल गर्ने छ ।   साबेरीले स्थानीय सञ्चार माध्यमलाई बताए अनुसार छलफल सफल भयो भने आर्थिकरूपमा सङ्कटग्रस्त श्रीलङ्कामा आईएमएफबाट लगभग चार अर्ब अमेरिकी डलर प्राप्त गर्ने आशा गरिएको छ । 

श्रीलङ्का गम्भीर आर्थिक सङ्कटको सामना गर्दै आएको छ र विदेशी सञ्चिति दुई अर्ब डलरभन्दा तल रहेको छ । श्रीलङ्काको वित्त मन्त्रालयले मङ्गलबार आईएमएफद्वारा समर्थित व्यवस्थित र सहमति पुनर्गठन कार्यक्रम नराख्दासम्म सरकारले प्रभावित सबै कर्जाको सामान्य ऋण सेवालाई अस्थायी अवधिको लागि रोक्ने निर्णय गरेको बताएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।