युक्रेनको लभिभ शहरमा पाँच ‘शक्तिशाली’ मिसाइल आक्रमण

RSS २०७९-०१-०५ ११:५०:०० बजे

काठमाण्डौ।युक्रेनको पश्चिमी शहर ल्भिभमा आज बिहान पाँचवटा शक्तिशाली मिसाइल आक्रमण हुँदा छ जना सर्वसाधारणको मृत्यु भएको र हावामा धुवाँको मुस्लो निस्किएको रुसी मिडिया आउटलेट द किभ इन्डिपेन्डेन्टले जनाएको छ।

ल्भिभका मेयर एन्ड्री साडोवीका अनुसार रुसी सेनाले अप्रिल १८ का दिन बिहान ल्भिभमा पाँचवटा मिसाइल प्रहार गरेको थियो। क्षतिको विवरण अझै स्पष्ट भइसकेको छैन। 

घाइतेको संख्या आठ पुगेको छ भने मृत्यु हुनेको संख्या बढ्ने क्रममा छ । ल्भिभ क्षेत्रका बासिन्दाहरूलाई आश्रयस्थलमा बस्न भनिएको छ । त्यहाँ हवाई हमलाको चेतावनी अझै जारी छ।

रूसले पहिलो पटक देशमा आक्रमण गर्दा युक्रेनमा सबैभन्दा धेरै शरणार्थीहरू ल्भिभ शहरमा आएका थिए। खार्किभ, कीभ, खेरसोन र अन्य ठाउँबाट धेरै मानिसहरू आफ्नो ज्यान बचाउन परिवारसहित त्यहाँ आएका थिए।

मार्च १३ मा पश्चिमी युक्रेनी शहर ल्भिभमा रुसी सेनाले कुनै पूर्व जानकारीविना त्यस शहरमा  एक्कासि आक्रमण गरेपछि पहिलो पटक ठूलो विष्फोट भएको  थियो। 

गत फेब्रुअरी २४ मा डोनेट्स्क र लुहान्स्क जन गणतन्त्रहरूले आफ्नो रक्षा गर्न मद्दतको लागि अनुरोध गरेपछि रुसले युक्रेनमा विशेष सैन्य कारबाही शुरु गरेको हो ।

उक्त आक्रमण पछि रुसले अहिले अन्तरराष्ट्रिय दबाबको सामना गरिरहेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।