आर्थिक सङ्कटसँग जुध्न श्रीलङ्कामा नयाँ १७ मन्त्री नियुक्त,सङ्कटलाई समेत व्यवस्थापन गर्न सजिलो हुने अपेक्षा

RSS २०७९-०१-०५ १२:०८:०० बजे

काठमाण्डौ।श्रीलङ्कामा उत्पन्न आर्थिक सङ्कटसँग जुध्न राष्ट्रपति गोटाबाय राजापाक्षले नयाँ १७ मन्त्री नियुक्त गर्नुभएको छ । मन्त्रीपरिषद विस्तार गरेपछि देशमा उत्पन्न राजनीतिक सङ्कट तथा आन्दोलनलाई समेत व्यवस्थापन गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी प्रशासनिक तथा सार्वजनिक कामहरु पनि तिव्र रुपमा हुने र समस्या तथा असन्तुष्टिहरुको सम्बोधन हुने आशा गरिएको उहाँले बताउनु भएको छ ।नव नियुक्त सबै मन्त्रीहरुलाई सोमबार नै राष्ट्रपति कार्यालयमा सपथग्रहण गराइ सकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति राजापाक्षले अहिले तेस्रो पटक मन्त्रीपरिषद्को पुनर्गठन गर्नु भएको हो । नयाँ थपिएका मन्त्रीहरु मध्ये आठ जना पुराना मन्त्रीहरु नै दोहोरिएका छन् ।यसअघि यही अप्रिल ३ मा तत्कालिन मन्त्रीपरिषद्का सबै २६ सदस्यहरुले सामुहिक राजीनामा दिएका थिए ।

देशमा आर्थिक तथा राजनीतिक सङ्कट बढेपछि आम नागरिक आन्दोलित भएकाले मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् । आर्थिक सङ्कटका कारण देशमा अत्यधिक मूल्य बृद्धि भएको छ भने कतिपय बस्तु तथा सेवाको चरम अभाव भएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।