अमेरिकाले मे १२ मा ग्लोबल कोभिड शिखर सम्मेलनको गर्ने

RSS २०७९-०१-०५ १४:०९:०० बजे

काठमाण्डौ।कोभिड-१९ सङ्कटको अन्त्य र भविष्यमा हुने उथलपुथलको योजना बनाउनको लागि विश्वव्यापी शिखर सम्मेलन मे १२ मा आयोजना गर्न लागिएको ह्वाइट हाउसले सोमबार जनाएको छ।

वर्तमान जी ७ अध्यक्ष जर्मनी,   जी २० अध्यक्ष इन्डोनेसिया, अफ्रिकी संघ अध्यक्ष सेनेगल, र बेलीज, क्यारिकोम क्यारिबियन समूहको वर्तमान अध्यक्ष राष्ट्रहरू सहित अमेरिकाले भर्चुअल भेलाको सह-अध्यक्षता गर्नेछ ।

"शिखर सम्मेलनले कोभिड-१९ महामारीको तीव्र चरणको अन्त्य गर्न र भविष्यमा देखापर्न सक्ने स्वास्थ्य खतराहरूको लागि तयारी गर्न हाम्रो सामूहिक प्रयासलाई दोब्बर बनाउनेछ,"  उक्त देशहरूद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।