इयुद्वारा अनलाइन अवैध सामग्री विरुद्ध लड्न नयाँ कानून सम्झौता

RSS २०७९-०१-११ १५:२०:०० बजे

काठमाण्डौ।युरोपेली काउन्सिलले शनिबार यसले घृणायुक्त भाषण, विकृत सूचना र अन्य हानिकारक अनलाइन सामग्री विरुद्ध लड्न नयाँ कानूनमा युरोपेली संसदसँग अस्थायी राजनीतिक सहमति गरेको छ। डिजिटल सर्भिस एक्ट डीएसए नाम दिइएको उक्त कानूनले “डिजिटल स्पेसलाई गैरकानूनी सामग्रीको फैलावटबाट जोगाउने र प्रयोगकर्ताहरूको मौलिक अधिकारहरूको सुरक्षा सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।

काउन्सिल र संसद्का वार्ताकारहरूले इन्टरनेटलाई युरोपेली नागरिकहरूका लागि सुरक्षित ठाउँ बनाउन नयाँ नियमहरूको लागि अस्थायी पाठमा सहमति जनाएपछि यो सम्झौता भएको हो। शुक्रबारदेखि शुरु भएको वार्ता शनिबार बिहानसम्म चलेको थियो ।

अस्थायी राजनीतिक सम्झौता कानून लागू हुनु अघि युरोपेली काउन्सिल र युरोपेली संसदले स्ट्याम्प लगाउनुपर्नेछ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।