तेल प्रशोधन केन्द्रमा विस्फोट हुदा १०० भन्दा बढीको मृत्यु

RSS २०७९-०१-११ १८:१४:०० बजे

काठमाण्डौ।नाइजेरियाको दक्षिण प्रान्तमा इमोमा रहेको एक तेल प्रशोधन केन्द्रमा भएको विस्फोटमा १०० जना भन्दा बढीको ज्यान गएको यहाँका अधिकारीहरुले जनाएका छन् । नाइजेरियाका अधिकारीहरुका अनुसार सो तेल प्रशोधन केन्द्र विधिवत रुपमा दर्ता नै नभई अवैध रुपमा सञ्चालन भइ आएको पाइएको बताइएको छ ।

इमो प्रान्तका प्रहरी प्रमुखले सो प्रशोधन केन्द्रमा शुक्रबार अबेर राति विस्फोटन भएको थियो । त्यस क्रममा काममा रहेका १०० जना भन्दा बढी कर्मचारीको ज्यान गएको छ ।उक्त प्रशोधन केन्द्रमा काम गरिरहेका बखत अकस्मात आगलागी भएको र लगत्तै विस्फोट भएको थियो । त्यसमा परेर अरु केही व्यक्ति घाइते पनि भएका छन् । 

उक्त केन्द्र प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको बताइएको छ । अवैध रुपमा सञ्चालन गरिएको सो तेल प्रशोधन केन्द्रमा आवश्यक सुरक्षा मापदण्ड पनि नअपनाइएकाले यो दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।