उर्जा सङ्कट हटाउन मौद्रिक नीति कडा बनाउन श्रीलङ्कालाई आईएमएफको आग्रह

RSS १३:५१:०० बजे

काठमाण्डौ।अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले मङ्गलबार श्रीलङ्कालाई आफ्नो मौद्रिक नीति कडा बनाउन, कर बढाउन र ऋण सङ्कट हटाउन लचिलो विनिमय दर अपनाउन आग्रह गरेको छ ।

आईएमएफको एशिया र प्रशान्त विभागका कार्यकारी निर्देशक एन्ना–म्यारी गल्ड–वुल्फले एउटा भिडियो सम्मेलनमा भन्नुभयो, “हामीले गत हप्ताको अन्त्यमा अधिकारीहरूसँग वार्ताको लागि तयारी हुँदै गर्दा धेरै राम्रो, फलदायी, प्राविधिक छलफल गरेका छौं ।   

श्रीलङ्काका वित्तमन्त्री अली सबारी र केन्द्रीय बैंकका गभर्नर नन्दलाल विरासिङेले हालै देशका लागि वित्त सहायताबारे छलफल गर्न आईएमएफका अधिकारीसँग भेटवार्ता गरेको थियो । 

यसअघि श्रीलङ्काले बाह्य ऋण भुक्तानी निलम्बन गरेको थियो ।  उहाँले भन्नुभयो, “कर्जाको स्थायित्वका लागि आवश्यक कोष लिने बिषयमा प्रगति हुनेछ । मुद्रास्फितिलाई नियन्त्रणमा राख्न मौद्रिक नीतिलाई कडाई गर्नुपर्छ । हामीले लचिलो विनिमय दरको आवश्यकता देखिएको छ ।” उहाँले कुनै पनि आईएमएफ प्याकेजको महत्व र श्रीलङ्कासँग सम्झौता गर्न आवश्यक अनुमानित समयबारे भने कुनै प्रतिक्रिया जनाउनुभएन । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।