चोरी र लुटपाटका घटना बढेकोमा महासंघको ध्यानाकर्षण, घटना दोहोरिन नदिन प्रशासनसँग माग

अर्थबिट २०७९-०१-१४ ०३:१२:०० बजे

काठमाण्डौ।देश निर्वाचनको माहौलमा होमिएको बेला चोरी र लुटपाटका घटना बढ्न थालेकोमा नेपाल सुनचाँदी ब्यवसायी महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।

गत बैशाख १२ गते सोमबार राति बुटवल उप–महानगर पालिकाको मध्यबजार अमरपथ बीपी चोक वडा नं ६ स्थित दिलवहादुर सुनारको कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसल चोरी भएकोमा गम्भीर चासो व्यक्त गर्दै पुनः यस किसिमका घटना दोहोरिन नदिन गृह प्रशासनसँग माग समेत गर्दछ ।

“कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसल छेवैको गल्लीबीचको सटर भाडामा लिई फेन्सी पसल सञ्चालन गर्दै आएका व्यक्तिले सो पसलको ताला तोडी त्यहाँ रहेको सुनचाँदीका गरगहना चोरी गरेको छ । पिडितका अनुसार सो पसलवाट पाँच करोड बराबरको धनमाल चोरी भएको छ । गरगहना चोरी गरी फरार रहेका ब्यक्तिको खोजीगरी कारवाही गर्न महासंघ जोडदार माग गर्दछ ।”,सुनचाँदी व्यवसायी महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

महासंघका अनुसार सुनचाँदी ब्यवसाय आफैंमा संवेदनशील ब्यवसाय हो । यस ब्यवसायको क्षेत्रमा बारम्वार चोरी, डकैती र लुटपाटका घटना हुने गरेको छ । हाल मुलुक नै निर्वाचनको माहौलमा होमिएका बेला चोरी र लुटपाटका घटनाहरु झनै बढ्न सक्ने भएकोले यसतर्फ थप सचेत हुन र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सम्वद्ध निकायसँग महासंघ जोडदार माग गर्दछ,विज्ञप्तिमा भनिएको छ । 

 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।