दुबई पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने दुई पक्राउ

RSS २०७९-०१-१७ १५:१८:०० बजे

काठमाण्डौ।वैदेशिक रोजगारीमा आकर्षक तलब पाउने लोभ देखाएर विभिन्न व्यक्तिबाट लाखौँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका घर भई हाल ललितपुरको ठेचो बस्ने ३३ वर्षका विकास तामाङ र सोही ठाउँका हरिबहादुर तामाङ रहेका छन् । मोरङको रतुवामाई नगरपालिका घर भई हाल काठमाडौँ बस्ने विक्रम मिश्रसमेत पाँच जनालाई भिजिट भिसामा युनाइटेड अरब इमिरेट्स पठाइदिने लोभ देखाएर उनीहरुले रु नौ लाख ५० हजार ठगी गरेको पाइएको छ । उनीहरुले प्रतिव्यक्ति रु एक लाख ९० हजार उठाएको प्रहरीले जनाएको छ ।   

त्यसपछि उनीहरु फरार रहेकामा वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन पत्राचार भएपछि खोजतलास गरी उनीहरुलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज एक सूचना जारी गरी जनाएको छ । उनीहरुमध्ये विकासलाई बिहीबार काठमाडौँको चुच्चेपाटीबाट र हरिबहादुरलाई आज ललितपुरको जावलाखेलबाट पक्राउ गरिएको कार्यालयले जनाएको छ । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको जनाइएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।