श्रीलङ्काले आर्थिक सङ्कटका बेला कम आय भएका परिवारलाइ विशेष भत्ता दिने

RSS २०७९-०१-२१ १४:३२:०० बजे

काठमाण्डौ।श्रीलङ्का सरकारले मे महिनादेखि तीन महिनाका लागि विद्यमान आर्थिक सङ्कटबाट प्रभावित न्यून आय भएका परिवारलाई विशेष नगद भत्ता उपलब्ध गराउने भएको छ । 

एक पत्रकार सम्मेलनमा सञ्चार मन्त्री नालाका गोदाहेवाले भन्नुभयो, “मुलुकमा विद्यमान आर्थिक सङ्कटका कारण न्यून आय भएका परिवारमा गम्भीर असर परेको उल्लेख गर्दै उनीहरूलाई तत्काल राहत को व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको र सरकारले यसै आवश्यकतालाई महशुस गरी यो कदम लिन लागेको हो ।” 

उहाँले भन्नुभयो, “विश्व बैंक समूह अन्तर्गत सङ्कटमा आकस्मिक प्रतिक्रिया प्रणाली (सीईआरसी) कोषको ढाँचा अन्तर्गत मे देखि जुलाईसम्म विशेष भत्ता प्रदान गर्न सोमबारको मन्त्रीमण्डलले अनुमोदन गरेको छ ।” 

श्रीलङ्कामा लामो समयसम्म कोभिड–१९ तथा अन्य कारणले पर्यटकीय गतिबिधि बन्द हुँदा व्यापक आर्थिक मन्दीको सामना गर्नु परेको छ । यहाँको खाद्यान्न, आधारभूत समान तथा औषधिलगायत इन्धनमा व्यापक मूल्य वृद्धि भएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।